Thursday, March 23
Shadow

दुई भन्दा बढी बिहे गर्न नमाने पुरुष जेल जानुपर्ने भन्ने बारे आयो यस्तो खबर

नेपाल एउटा यस्तो देश हो, जहाँ कसैले दोस्रो विवाह गर्न चाहेमा पहिलो पत्नीसँग सम्बन्धविच्छेद गर्नुपर्छ । तर विश्वमा यस्ता केही ठाउँहरू छन्, जहाँ तपाइँ कानूनी रूपमा एक भन्दा बढी विवाह गर्न सक्नुहुन्छ ।

आज हामी तपाईलाई त्यो देशको बारेमा बताउन गइरहेका छौँ, जहाँ एकसाथ बहुविवाह गर्न सकिन्छ । त्यहाँ हरेक पुरुषले दुई वा त्यो भन्दा बढी विवाह गर्नुपर्छ । त्यसो गर्न नमान्नेले जेल जानुपर्छ ।

दुई वा त्यो भन्दा बढी विवाह गर्नुपर्ने आदेश स्वंयम सरकारले जारी गरेको समाचार भाइरल हुँदैछ । यो अचम्मको घटना अफ्रिकी महादेशमा पर्ने स्वाजिल्याण्ड नामक सानो देशको हो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार अनुसार यो देशमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । यस्तो अवस्थामा सरकारले प्रत्येक पुरुषलाई दुई वा सोभन्दा बढी महिलासँग विवाह गर्नु भनेर आदेश जारी गरेको छ ।

सरकारी निर्देशन पालना नगर्ने व्यक्तिहरुले बाँकी जीवन जेलमा बिताउनु पर्ने हुनसक्छ । तर यस समाचारको छानबिन गर्दा भाइरल समाचार गलत र गरिएको दाबी झुटो भएको खुलेको छ ।

खोज्दै जाँदा यो भाइरल समाचार २०१९ तिरको भएको खुल्यो । त्यसपछि सबै पत्रपत्रिका र समाचार वेबसाइटहरूले आ–आफ्नो तरिकाले यो समाचार प्रकाशित गरेका थिए ।

तर, यो समाचार भाइरल भएपछि स्वाजिल्याण्ड सरकारका प्रवक्ताले उक्त दाबीलाई पूर्णतया झुटो भनेका हुन् । यस सम्बन्धमा सरकारले त्यस्तो कुनै आदेश जारी नगरेको उनको भनाई थियो ।

गुगलमा खोज्दा अफ्रिकाको एउटा वेबसाइटको खबर आयो । यो समाचार १४ मे २०१९ को हो । समाचारमा स्वाजिल्याण्डका राजाले यस्तो कुनै आदेश जारी नगरेको स्पष्ट रुपमा उल्लेख छ । यसैबीच सरकारका प्रवक्ता पर्सी सिमेलोनले पनि यसलाई अस्वीकार गर्दै गलत भनेका छन् । जनबोलीको अनुसन्धानमा यो खबर पूर्णतया गलत सावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *