Sunday, September 24
Shadow

यीनै हुन् विश्वकै सबैभन्दा ठूलो मुख भएकी महिला

मानिसको अनुहार तथा मुखको संरचना सबैको फरक-फरक हुन्छ । आँखा, नाक, कान तथा मुख सबैका फरक-फरक हुन्छन् । कसैको मुखको आकार ठूलो हुन्छ त कसैको सानो ।

तपाईंले पनि कतिपय ठूलो मुखधारी मानिसहरू देख्नुभएको छ होला जसले ठूलै चिज पनि एकैपटकमा क्वाप्लाक्क खाइदिन सक्दछन् । सायद तपाईंले यस्तो मान्छे देख्नुभएको छैन होला जसको मुख यति ठूलो हुन्छ कि उसले पूरै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्दछ । सिंगै बर्गर एकैपटकमा मुखभित्र हालिदिन सक्ने समान्था रेम्सडेल संसारकै सबैभन्दा ठूलो मुख भएकी महिला हुन् ।

अमेरिकाको कनेक्टिकटस्थित स्टेमफोर्डकी बासिन्दा समान्था ३२ वर्षकी भइन् । संसारकै ठूलो मुखधारी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी समान्थाले आफ्नो मुख ६.५२ सेन्टिमिटर सम्म खोल्न सक्छिन् । समान्थाले आफ्नो टिकटक अकाउन्टमा आफ्नो भीमकाय मुखका अनेक चर्तिकलाका भिडियोहरू अपलोड गर्ने गर्दछिन् ।

टिकटकमा उनका ३० लाखभन्दा धेरै फलोअर्स छन् । टिकटकका उनका सबै भिडियो भाइरल बनेका छन् । उनको मुख यति ठूलो छ कि काँचको गिलास पनि मुखभित्र अटाइदिन सक्छिन् । समान्थाले गतवर्ष गिनिज बुकमा नाम लेखाएकी हुन् । उनको मुखलाई क्यालिपर्सको सहयोगमा नापिएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *