सरकारले डिजेल र पेट्रोलमा १० /१० रुपैयाँका दरले लगाउँदै आएको पूर्वाधार कर घटाउने निणर्य गरेको छ ।अर्थमन्त्रालयले डिजेल र पेट्रोलमा १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई पठाइसकेको बुझिएको छ । अब मूल्य घटाउने वा निगमको घाटा घटाउने भन्ने निणर्य चाहिँ उद्योग वाणिज्य मन्त्रालय ले गर्ने भएको छ ।
सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटायो सरकारले डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटाएसँगै मुल्य पनि समायोजन हुने भएको छ ।
पछिल्लो पटक मुल्यवृद्धि भएसँगै सरकारले पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा , डिजेलमा ४५ रुपैयाँ ९१ पैसा,मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा र खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व उठाउने गरेको छ ।
यो पनि सरकारले पेट्रोलियम पदार्थको कर घटेको छ । बजेटमा नै सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।
सरकारले कर घटाएपछि बजार मूल्य प्रभावित हुन्छ की हुँदैन भन्ने आम चासोको विषय बनेको छ । सरकारले डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ ।
पछिल्लो पटकको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्छ उठाउने गरेको छ भने मटीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ ।
यस्तै, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ ।