Saturday, March 25
Shadow

दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् ।

सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्दै पर्छ बालेनजी ।’

बालेनको पहिलो राजनीतिक भेट ओलीसँग काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले पहिलो राजनीतिक भेटका रुपमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ।सो तस्विर बालेनले चुनावी परिणाम आउँदै गर्दा बालकोट पुगेर एक्ला-एक्लै भेटघाट गरेको बताइएको छ। तस्विर भने हाल मात्रै सार्वजनिक गरिएको हो।

यसअघि बालेनले काठमाडौं महानगरको मेयरको पदभार ग्रहण गरेसँगै जंङ्गी अड्डा पुगेर प्रधानसेनापतिसँग भेटघाट गरेका थिए। जसलाई कतिपयले अर्थपूर्ण रुपमा हेरेका छन्।

नेप्से परिसूचकको ओरालो यात्रा जारी काठमाडौँ, १७ जेठ (रासस) :धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार मापक नेप्से ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.५३ अङ्कले ओरालो लागेर दुई हजार १३७.९२ मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ७.११ अङ्कले ओरालो लागेर ४१५.६३ मा सीमित भएको छ । कूल २२९ कम्पनीको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयर रु एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ । अन्य अरु सबै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लाग्दा बैंकिङ २९.०१, व्यापार ३३.१५, होटल तथा पर्यटन ३४.३३, विकास बैंक ५४.२६, जलविद्युत् ३०.८७, वित्त २४.११, निर्जीवन बीमा २३६.४२, उत्पादन ४०.०८, अन्य २६.६७, लघुवित्त ७४.७२, जीवन बीमा ७१.८४ र लगानी ०.८२ अङ्कले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *