Sunday, September 24
Shadow

जनार्दन शर्मा अहिलेसम्मकै उत्कृष्ट अर्थमन्त्री हुन – पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन्।मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए।

‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन,’ उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन।’
दुई दिनका एआईजी बसन्त लामा भन्छन् – मनमा केही असन्तुष्टि छैन मन्त्रिपरिषद्ले बसन्त कुमार लामालाई जेठ ६ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय ग-यो ।

तर, २९ वर्ष प्रहरीमा सेवा गरेका लामाले अतिरिक्त महानिरीक्षक बनेको दोस्रो दिनमै सधैँका लागि प्रहरीको बर्दी फुकालेका छन् । २०४९ चैत ११ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका लामाले एआईजीको ५६ वर्षे उमेर हदका कारण जेठ ७ को मध्यरातबाट अवकाश पाएका हुन् ।

दुई दिन मात्र विशिष्ठ श्रेणीको पदमा रहेर अवकाश पाएका लामा छोटो समय एआईजी हुँदा मनमा कुनै गुनासो नभएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मनमा कुनै न्यास्रोपन छैन ।’

आफूभन्दा अघि सँगै परेड खेलेका साथीहरु अवकाशमा गएको सम्झिँदै उनले थपे, ‘कतिपय अवस्थामा पद खाली हुने तर, पदोन्नति नहुने अवस्था आउँदा धेरै अधिकृतहरूले अवकाश पाएका छन् ।’ तर, लामा आफूलाई भाग्यमानी सम्झिन्छन् ।

स्थानिय तह निर्वाचनको चटारोमा पनि बढुवा समितिले उनलाई मात्रै एकल बढुवा सिफारिस गरेको थियो । सरकारको सो निर्णयका कारण घर जानुअघि विशिष्ठ श्रेणीमा लामाको पदोन्नति भए । दुई दिनको एआईजी अनुभव सुनाउँदै लामा भन्छन्, ‘अवधिभन्दा पनि कुन दर्जासम्म पुगेँ भन्ने महत्वपुर्ण हो । क्षमता हुँदाहुँदै स्थिति यस्तो आयो कि, एआईजीमा पनि पुग्दिनँ कि भन्ने अवस्था थियो ।’

मानसिक रुपमा डीआईजी पदबाट नै अवकाशमा जान उनी तयार भइसकेका थिए । ‘मानसिक रुपमा म एआईजी हुन्‍नँ भन्ने भइसकेको थियो,’ उनि भन्छन्, ‘तर, सँधै सकारात्मक सोचेँ, सरकारले योग्यताको कदर गरेर मेरो पदोन्नति गरेको छ ।

उनकै ब्याचमेट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक छन् । ब्याचमेटसँग ३० वर्ष प्रहरीमा बस्न पाए हुन्थ्यो भन्ने उनलाई नलागेको होइन् । उमेर हदको पावन्दी रोक्न सम्भव थिएन । लामा भन्छन्, ‘कम्तिमा ३० वर्ष सम्म जागिरमा बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर, मनमा पुर्ण असन्तुष्टि छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *