अमेरिकामा एक रोचक घटना सार्बजनिक भएको छ । आमाको कोखमा एक बच्चा दुई पटक जन्मेका छन् । चिकित्सा विज्ञानको यो चमत्कार सुनेर मानिसहरु छक्क परेका छन् ।
पहिलो जन्मपछि डाक्टरले बच्चालाई आमाको पेटमा नै राखेका थिए । ११ हप्तापछि अहिले आमाले उनलाई फेरि जन्म दिएकी छन् । फ्लोरिडाकी यी आमाले एउटै सन्तानलाई दुईपटक जन्म दिएको अनुभव सामाजिक सञ्जालमा सेयर गरेकी हुन् ।
फ्लोरिडा निवासी जेडेन एश्लेलाई थाहा भयो कि गर्भमा रहेको बच्चाको मेरुदण्डमा समस्या थियो । नसच्याएको हुन्थ्यो भने उनको ज्यान पनि जान सक्ने खत्तरा थियो । त्यसपछि जेडेनले डाक्टरहरूको विशेष टोलीलाई सम्पर्क गरिन् । ती डाक्टरहरूले प्रि–म्याच्योर बच्चाको शल्यक्रिया गरी आमाको गर्भबाट निकालेर फेरि आमाको गर्भमा राखेका हुन् ।
आमाको गर्भमा फर्केको दुई महिनापछि पुनः शिशुको जन्म भएको छ । अहिले उनको मेरुदण्डमा कुनै समस्या छैन । तर, अहिले चिकित्सकले आमा र बच्चालाई आफ्नो निगरानीमा राखेका छन् ।
छिट्टै दुबै जना आ–आफ्नो घर जान सक्नेछन् । जेडेन एश्लेले टिकटकमा एउटा भिडियो सेयर गरेर यो अनुभव साझा गरेकी हुन् । धेरै पटक बच्चा जन्मिएपछि जन्मजात कुनै न कुनै विकृतिबाट पीडित भएको पाइन्छ । बच्चा र अभिभावक दुवैको जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा ओपन फेटल सर्जरी वरदान जस्तै बन्यो ।
यो शल्यक्रिया बच्चा जन्मनुअघि नै गरिन्छ । जन्मनुअघि भ्रूण अविकसित हुन्छ । यस तरिकाले यसको कुनै पनि विकृतिलाई रोक्न वा कम गर्न सम्भव हुन्छ । यद्यपि यो शल्यक्रिया धेरै गाह्रो हुन्छ । त्यसका लागि विशेषज्ञ चिकित्सकको टोली आवश्यक पर्दछ ।