काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेका बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको कुरा खुलेको छ ।
उच्च स्रोतका अनुसार बालेनले शुक्रबार साँझ ओलीलाई भेट गरेका हुन् । भेटमा बालेन ओलीबाट प्रभावित भएको र ओलीले पनि आफ्नो भिजनअनुसार काम गर्न आग्रह गरेको स्रोतले बतायो ।
यो भेटको विवरण अहिलेसम्म दुवै पक्षबाट खुलाइएको थिएन । सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ ।
काठमाडौँ महानगरपालिकामा ठूला राजनीतिक दलहरुलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजय भई कार्यभार ग्रहण गरिसकेका छन् ।बालेनले सपथग्रहण गरेकै दिन जंङ्गीअड्डा पुगेर प्रधानसेनापतिसँग भेटवार्ता समेत गरेका थिए ।