आइतबारबाट सम्पर्कविहीन बनेको तारा एयरको विमान पहाडमा ठो क्कि एर टु क्राटु क्रा भएको अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोमको लागि आइतबार विहान ९ः५५ बजे उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।
विमानमा एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् । विमान हराएपछि थापाकी सहकर्मीहरु उनलाई सम्झिरहेकी छन् । सहकर्मीहरुका अनुसार एयरहोस्टेज थापा मिलनसार हुनुको साथै अनुशासित पनि थिइन् ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको हो ।
जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।
गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।