काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र ९बालेन० साहले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेसँगै बालेनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक सोमबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । उनले पदभार ग्रहण गरेसँगैं आफ्नो पहिलो काम भनेको फोहोर व्यवस्थापन रहेको बताएका छन् ।
उनले आफुहरुले गरेको पापको भारी सिसडोलबासीले भोग्दै आएको भन्दै खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने बताएका छन् ।
बालेन्द्रले पदभार ग्रहणपछि पहिलो निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । आज ४ बजे नगरकार्यपालिकाको वैठक बस्ने र त्यसको लाइभ प्रसारण गरिने उनको पहिलो निर्णय छ ।
आज बेलुका ४ बजे नगर कार्यपालिकाको वैठक बस्ने छ । बालेनले काठमाडौंको चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने बाचा गरेका थिए ।
साहले भने, ‘हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छस छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ ।
यो शोक मनाउने बेला हो,ुफोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’